गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासमा कम्पनीको नाफामा उछाल आएको छ ।
कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७३५.४३ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
त्यसैगरी चालू आवमा कम्पनीले कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा पनि रफ्तार लिएको छ। चालू आवमा कम्पनीले १५ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी छ। गत आवमा कम्पनीको यस्तो आम्दानी २ करोड ९६ लाख रुपैयाँ थियो।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन ५३ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत आवमा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १३ लाख ५१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ७७ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १ लाख ९२ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ५ लाख ७३ रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ४८ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ। गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १२ पैसा मात्रै रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस