गार्डियन माइक्रो लाइफको सेयर कारोबार आज आइतबारदेखि सुरु भएको छ ।
आइतबार स्पेसल प्रिओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०० रुपैयाँ ३४ पैसादेखि अधिकतममा ३०१ रुपैयाँ २ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता सेयर गरी कुल ७५ लाख कित्ता सेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो।
गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस