गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस