Like us!
Follow us!
Connect us!
Watch us!

दुई बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, ११ : ०१ मा प्रकाशित

दुई बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

दुईवटा बैंकले आफ्नो संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्। हिमालयन बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेका हुन।

हिमालय बैंकले  ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। ५ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको यो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ। साथै सेयरको बिक्रीमूल्य बिक्रेता अनुसार फरकफरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै,गरिमा विकास बैंकले पनि ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको यो सेयर हाल बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन्।

यी सेयरहरू खरिदका लागि संस्थापक सेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि तोकिएको छ। सेयर किन्न इच्छुक लगानीकर्ताले सम्बन्धित बैंकको केन्द्रीय कार्यालयमा तोकिएको समयभित्र निवेदन दिनु पर्ने बैंकहरुले जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको