Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको सेयर कारोबार ३ दिनका लागि रोक्का

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, १५ : ०७ मा प्रकाशित

बोटलर्स नेपालको सेयर कारोबार ३ दिनका लागि रोक्का

बोटलर्स नेपाल लिमिटेड बालाजुको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले आज यस कम्पनीको सेयर कारोबार ३ दिनका लागि रोक्का गर्ने निर्णय गरेको हो । 

 कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको भन्दै नेप्सेले बोटलर्स नेपाललाई कारबाही गरेको जनाएको छ।

बोटलर्स नेपालले मंसिर ५ गते बैठक बसेर गरेको लाभांश वितरण नगर्ने सम्बन्धि निर्णय नेप्सेमा पुष २ गतेमात्र पेश गरेको पाइएको छ । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको हो ।

उक्त विनियमावलीको विनियम १६ (१)(ख)मा भएको व्यवस्था अनुरुप पुस २ गतेको निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै नेप्सेमा जानकारी दिन नसकेको र  सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

6761442432ec0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको