नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सले आफ्ना सेयरधनीका लागि लाभांश सुरक्षित गर्न आज अन्तिम मौका रहेको जनाएको छ। साधारण सभा तथा लाभांश वितरणको तयारी स्वरूप यी कम्पनीहरूले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। तसर्थ, आजसम्म नेप्सेमा कारोबार गरिसकेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
नेपाल एसबिआई बैंकको साधारण सभा
नेपाल एसबिआई बैंकले पुस २१ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ३१औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभामा बैंकले हाल कायम चुक्तापुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.८५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव प्रस्तुत गर्नेछ। साथै, मर्जर तथा एक्विजिशन प्रक्रियामा अघि बढ्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषयमा पनि निर्णय गरिनेछ।
तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २४ गते नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २८औं वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान ११:३० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको नियुक्ति, लेखापरीक्षकको नियुक्ति, र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस