Like us!
Follow us!
Connect us!
Watch us!

शिव शंकर हाइड्रोले २५ करोडको आइपीओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, १५ : ५७ मा प्रकाशित

शिव शंकर हाइड्रोले २५ करोडको आइपीओ जारी गर्ने

 शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले १०० रूपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रूपैयाँ रकम बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रूपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको