Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज उच्च कारोबार भएका कम्पनी

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १५ : ३३ मा प्रकाशित

सेयर बजारमा आज उच्च कारोबार भएका कम्पनी

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्यो। आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को विन्दुमा बन्द भयो ।

आज  बजारमा  साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिभर फल्स पावरको भएको छ। आज यो कम्पनीको २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

यस्तै, आज जानकी फाइनान्सको १२ करोड ९९ लाख रुपैयाँ,पिपुल्स पावरको ९ करोड १२ लाख रुपैयाँ,नेपाल फाइनान्सको ८ करोड २९ लाख रुपैयाँ,भूगोल इनर्जीको  ७ करोड ५४ लाख रुपैयाँ र 
सपोर्ट माइक्रोफाइनान्सको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी,घोराही सिमेन्टको ६ करोड ७९ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावरको ६ करोड ४४ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीको ५ करोड ८१ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको ५ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको