नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अकंले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ । सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस