महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज, पुस १० गते, अन्तिम दिन हो। लघुवित्तले पुस ५ गतेदेखि एफपीओ जारी गरी हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि निष्काशन गरेको हो।
लघुवित्तले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर जारी गरेको छ।
एफपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरु, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गर्न सकिन्छ।
इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यो रेटिङले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
लघुवित्तको एफपीओ निष्काशन र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। इच्छुक लगानीकर्ताले आजै आवेदन दिएर यो अवसरको लाभ उठाउन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस