Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

अर्थ संसार

विहीबार, ११ पुस २०८१, १० : २९ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

 

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।

नेप्सेले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सेयर कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ। 

बैंकको खराब कर्जा ४० प्रतिशत माथी पुगेपछि राष्ट्र बैंकले केहि दिन अघि निक्षेप  संकलनमा रोक लगाएको थियो। बुधबार (पुस १० गते) राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै उपनिर्देशकको नेतृत्वमा व्यवस्थापनका लागि विशेष टोली समेत खटाएको छ।

केही समयअघि मात्रै उक्त सेयरको मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ६७० पुगेको थियो । मंगलबार पनि उक्त कम्पनीको सेयरमूल्य ८१० रुपैयाँ कायम भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको