नेकपा एमालेबाट निष्काशित भएका डा.भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आफ्ना कुरा राख्न र आगामी कार्ययोजना समेत जानकारी गराउन रावलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
रावल अहिले नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने बिषयमामा विभिन्न व्यक्तिसँग आफ्नै निवासमा छलफलमा गरिरहेका छन् ।
एमालेमा झण्डै ५ दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस