Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीको सेयर कारोबार रोक्कापछि सेयरलगानीकर्ताको विरोध ,सेबोनले लगानीको जिम्मा लिनुपर्ने माग

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, २२ : ३२ मा प्रकाशित

कर्णालीको सेयर कारोबार रोक्कापछि सेयरलगानीकर्ताको विरोध ,सेबोनले लगानीको जिम्मा लिनुपर्ने माग

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेकोप्रति लगानीकर्ताहरुले आपत्ती जनाएका छन् ।

मंगलबार कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले भृकुटिमण्डपमा विरोध भेला राखेर  लगानीकर्ताको लगानी डुबेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले विरोध भेलामा आफ्नो लगानी रहेको कर्णाली विकास बैंकको सेयर कारोबार फुकुवा गर्नुपर्ने फुकुवा नगरे आफ्नो लगानीको जिम्मा धितोपत्र बोर्डले लिनुपर्ने माग राखेका छन् 

भृकुटिमण्डपमा गरिएको भेलामा बोल्दै एक  लगानीकर्ताले भनेका छन्, ‘राष्ट्र बैंकले कर्णाली विकास बैंकका बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ, तर लगानीकर्ताको लगानीमा कुनै प्रतिक्रिया दिएको छैन । हाम्रो भेला यसैको लागि हो ।’

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले गत साता पुष १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर भएको, आर्थिक हिनामिनाको आशंका, कमजोर तरलता स्थितिका साथै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने कारण देखाएर समस्याग्रस्त संस्था घोषणा गरेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको