एमालेबाट निष्कासित भएपछि नेता डा.भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहीन बाटोमा लागेको बताएका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय देशको अर्थतन्त्र थप दलदलमा पर्दै गइरहेको रावलले बताए । सत्तामा बस्नेहरु भ्रष्टाचारमा लिप्त भइरहेको उनले बताए । रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए ।
उनले भने, ‘ठूला भनिएका दलहरु सिद्धान्तहीन,गन्तव्यहीन बाटोमा लागेका छन् । पद हत्याउने होड चलिरहेको छ । अन्तराष्ट्रिय सम्बन्ध फितलो बनाइएको छ । सीमा असुरक्षित भएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस