राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्यो । योसँगै बैंकको सेयर कारोबार पनि गत गत पुस ११ गते बिहीबारबाट रोक्का भएको छ । बैंकको नेप्सेमा सूचीकृत ५० लाख २८ हजार ३ सय कित्ता सेयरमध्ये २५ लाख ६४ हजार ४३३ कित्ता संस्थापक सेयर हो भने बाँकी २४ लाख ६३ हजार ८६७ कित्ता सर्वसाधारणको हो ।
बैंकको अन्तिम दिनको कारोबार प्रतिकित्ता ८१० रुपैयाँमा भएको थियो । सोही रकमलाई आधार मान्ने हो भने यस बैंकका सर्वसाधारण लगानीकर्ताहरूको १ अर्ब ९९ करोड ५७ लाख ३२ हजार २७० रुपैयाँ बराबरको सेयर बन्धक भएको छ । लगानीकर्ताको यो लगानी कति समय बन्धक रहने हो टुगों छैन् ।
हेर्नुस् भिडियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस