Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको एफपीओ बाँडफाँट आज, १७ लाख बढीको हात खाली हुने

अर्थ संसार

शुक्रबार, १९ पुस २०८१, ०९ : ०२ मा प्रकाशित

महुली लघुवित्तको एफपीओ बाँडफाँट आज, १७ लाख बढीको हात खाली हुने

महुली लघुवित्त वित्तीय संस्थाले जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) को बाँडफाँट आज पुस १९ गते शुक्रबार बिहान हुँदैछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बाँडफाँट प्रक्रिया बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित कार्यालयमा सम्पन्न गरिने छ।

एफपीओका लागि १७ लाख ८५ हजार ८ सय ५३ जना आवेदकले आवेदन दिएका छन्। २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरका २ करोड ४८ लाख ८५ हजार ८४० कित्ता शेयरका लागि आवेदन परेको छ।

महुली लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरका ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गरेको थियो। यसमा कुल ४७ हजार ५३५ जनाले मात्र शेयर पाउनेछन्। यीमध्ये प्रत्येक आवेदकलाई १० कित्ताका दरले बाँडफाँट हुनेछ भने ९ जनाले ११ कित्ता प्राप्त गर्नेछन्।

यस प्रक्रियाबाट १७ लाख ३८ हजारभन्दा बढी आवेदकको हात खाली रहने निश्चित भएको छ। एफपीओमा अत्यधिक माग भएकाले धेरै लगानीकर्ताले शेयर प्राप्त गर्न नसक्ने स्थिति देखिएको छ।

एफपीओमा देखिएको चर्को मागले लघुवित्त क्षेत्रप्रति लगानीकर्ताको आकर्षणलाई प्रस्ट पार्दै लघुवित्त कम्पनीहरूको बजारमा बढ्दो विश्वासको संकेत दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको