Like us!
Follow us!
Connect us!
Watch us!

एमाले छाड्नेहरुप्रति व्यङग्य गर्दै बास्कोटाले भने–खाएको थालमा चुठ्नु राम्रो होइन

अर्थ संसार

आइतबार, २१ पुस २०८१, ११ : ५५ मा प्रकाशित

एमाले छाड्नेहरुप्रति व्यङग्य गर्दै बास्कोटाले भने–खाएको थालमा चुठ्नु राम्रो होइन

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी छोडेर जाने नेताप्रति लक्षित कटाक्ष गरेका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले स्वार्थ पूरा गरेर जानेहरूले खाएको थालका चुठेको भनेका छन्।  

सामाजिक सन्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’ 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् । उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको