सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले सरकार परिवर्तन पटक पटक भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘शून्य समय हो नसुने पनि हुन्छ । चारवटा प्रधानमन्त्री फेरियो । चारवटै मन्त्री र सचिव कति हो मलाई थाहा छैन‚’ चार किलोमिटर बाटो खावा देखि धुलिखेल सम्मको बाटो बनेन भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्दछु । नभए ढुंगा खाने स्थिति बन्यो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस