सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।
कार्यालयले आजदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने सूचनामा जनाइएको छ । यसअघि कार्यालयले कम्पनीहरूलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
निर्धारित समयभित्र पनि स्पष्टीकरण प्राप्त नभएमा कार्यालयले यो सूचनालाई आधार मान्दै कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय लिने जनाएको छ। योसँगै सम्बन्धित कम्पनीहरूले सरकारी ठेक्कापट्टामा सहभागी हुने अवसर गुमाउन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस