Like us!
Follow us!
Connect us!
Watch us!

लगातार छैटौं दिन पनि बढ्यो नेप्से: ६ अर्ब ४० करोडको कारोबार हुँदा फाइनान्स र विकास बैंकमा आकर्षण

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १५ : १३ मा प्रकाशित

लगातार छैटौं दिन पनि बढ्यो नेप्से: ६ अर्ब ४० करोडको कारोबार हुँदा फाइनान्स र विकास बैंकमा आकर्षण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३८ अकंले बढेर २६५३.२३ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । 

आज १३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो ।  विकास बैंकको २.५३ प्रतिशत र फाइनान्स समूहको ४.७७ प्रतिशतले सेयरमूल्य बढेको छ । 

आज माइक्रोफाइनान्स सेक्टर १.५९, उत्पादन सेक्टर ०.४०, जीवन बीमा सेक्टर ०.४०, हाइड्रोपावर सेक्टर ०.२६ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६, होटल तथा पर्यटन सेक्टर ०.०६, लगानी सेक्टर ०.३८, निर्जीवन बीमा सेक्टर ०.१३, अन्य ०.२६ र व्यापार सेक्टर १.५६ प्रतिशत घटे ।

समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५, रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको १० प्रतिशत मूल्य घट्यो । बाराही हाइड्रोपावरको ९.६, त्रिशुली जलविद्युत्को ६.१ प्रतिशत घट्यो ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको