लगातार पाँचौं दिन मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अकंले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको सेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको सर्वाधिक २.६५ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले सेयरमूल्य बढेको छ । आज सर्वाधिक कारोबार सिन्धु विकास बैंकको १६ करोड ९२ लाख रुपैयाँको भएको छ।
यो दिन बजारमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस