Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले ५ महिनामा कमाए ३० अर्ब बढी खुद नाफा, कुन बैंकको नाफा कति ?

अर्थ संसार

सोमबार, २९ पुस २०८१, १० : २३ मा प्रकाशित

बैंकहरुले ५ महिनामा कमाए ३० अर्ब बढी खुद नाफा, कुन बैंकको नाफा कति ?

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३० अर्ब बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ मङ्सिरसम्मको अवधिमा कुल ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

कुनको कति ? 

यो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ।

नबिल बैंकले करिब ३ अर्ब ४९ करोड खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ। यस्तै दोस्रोमा रहेलो ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यस बाहेक कुमारी बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, एनएमबिले १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा गरेका हुन्।

त्यसैगरी नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छ्न्। सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ, र सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छ्न्।

यस्तै माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ र  एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छ्न्। यस अवधिमा कृषि बिकास बैंक भने नोक्सानी गएको राष्ट्र बैंकको ५ महिनाको पारम्भिक तथ्यांकले देखाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको