नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रकृया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाका पेशी माघ ९ गतेका लागि तोकिएको छ ।
पुस २३ गते कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए । यसको बहस माघ ९ गते हुँदैछ ।
थापाले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३ (१), (२) र (३) बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।
संवैधानिक इजलासमा परेको रिट माथिको सुनुवाई सर्वोच्च अदालतका ५ वरिष्ठतम न्यायाधीशहरुको बेञ्चमा हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस