Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, ०९ : ५७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त रहेका छन् । 

जसमा ग्लोबल आइएमईको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो । 

यस्तै, आइतबार छिमेक लघुवित्तको पनि २३ लाख ८१ हजार ७३७.६८ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितराण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा सेयर सूचीकृत भएसँगै अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको