नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको आरोप लगाएका छन् ।
लेखा समितिको आज बसेको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने कुरा आएको छ । यसमा धेरै ठूलो-ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ’, यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसको यथार्थ के हो थाह छैन ? इन्डिया जस्तो देशमा पनि २ वटा मात्र स्टक एक्सचेन्ज छ, भने नेपाल जत्रो देशमा अर्को राख्नु पर्ने के कारण हो ? किन चाहियो २ वटा स्टक एक्सचेन्ज ? ’
स्टक एक्सचेन्जमा भएको बार्गेनिङबारे लेखा समितिले जानकारी पाउनुपर्नेमा उनले जोड दिए
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस