Like us!
Follow us!
Connect us!
Watch us!

२७ सय माथि उक्लियो सेयर बजार, १० अर्ब ४ करोड बढीको कारोबार

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १५ : ०७ मा प्रकाशित

२७ सय माथि उक्लियो सेयर बजार, १० अर्ब  ४ करोड बढीको  कारोबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। आज नेप्से २९.८७ अकंले बढेर २७२७.९१ बिन्दुमा बन्द भएको हो । आज ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोडको सेयर कारोबार भएको छ ।

यसदिन १० उपसूचकमा हरियाली आएको छ । आज तीन उपसूचक भने राताम्य भएका छन् । आज फाइनान्स समूहको ०.८४ प्रतिशत, हाइड्रोपावर समूहको ०.१५ प्रतिशत र व्यापार समूहको १.२७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो सेयर किनबेच भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको