नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई कांग्रेस-एमाले पार्टीबीचको सहमतिअनुसार काम गर्न निर्देशन दिएका छन् ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा संसदीय दल कार्यसमितिको बैठक राखेर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
सभापति देउवाले कांग्रेस-एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताए ।
बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकले भने ‘सभापतिज्यूले पनि कांग्रेस एमाले सहमति अनुसार अघि बढ्ने हो । यसै विषयमा केन्द्रित भएर काम गर्नु भन्नुभयो।' बैठकमा हामी दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनले बताए ।
‘हामीबिच भएका सात बुँदे सहमति अनुसार यो समीकरण लाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ‚’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस