अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको बताएका छन् । मन्त्री पौडेलले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौ । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु ।’
बैंकिङको लगानी सुधारका लागि अर्थमन्त्रालय र राष्ट्र बैंक निरन्तर समन्वय गरि रहेको पौडेलले बताए । उनले अर्थतन्त्र डुबे र बैंक डुबे भन्ने सबै कुरा हल्ला मात्र रहेको प्रष्ट पारे । अर्थमन्त्रीले वर्तमान आर्थिक अवस्थाका बारे बताउदै सरकार अर्थतन्त्रलाई सही दिशा दिन प्रतिबद्ध रहेको बताएका छन्।
यस्तै,उनले सरकारको प्रमुख उद्देश्यहरु पूरा गर्न अध्यादेश जारी गरिएको बताए।
मन्त्रालयले आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक अवस्था सार्वजनिक गर्न पत्रकारसम्मेलन आयोजना गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस