Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाका ४७औँ राष्ट्रपति ट्रम्पलाई नेपाली राष्ट्रपति पौडेलको विशेष सन्देश

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, ०९ : २६ मा प्रकाशित

अमेरिकाका ४७औँ राष्ट्रपति ट्रम्पलाई नेपाली राष्ट्रपति पौडेलको विशेष सन्देश

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेबापत बधाई तथा शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रपति ट्रम्पको कार्यकाल सफल रहोस् भन्ने कामना गरेका हुन्।

सन्देशमा, नेपाल–अमेरिका सम्बन्धबारे चर्चा गर्दै, उनले दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्ध अझ प्रगाढ र व्यापक बन्ने विश्वास व्यक्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको