Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ झिक्ने

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, १० : ४१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ झिक्ने

नेपाल राष्ट्र बैंकले बजारमा बढी रहेको तरलतालाई नियन्त्रण गर्नका लागि आज ९० अर्ब रुपैयाँ झिक्ने प्रक्रिया सुरु गरेको छ। २१ दिनको अवधिमा उक्त रकम झिक्नका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट आवश्यक कदम चाल्ने घोषणा गरेको हो।

बैंक र वित्तीय संस्थाहरूले आजदेखि अनलाइन बिडिङमार्फत रकम झिक्ने प्रक्रिया शुरू गर्न सक्नेछन्। यसका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ।

राष्ट्र बैंकले उक्त रकमको साँवा र ब्याज माघ ३० गते भुक्तानी गर्ने जानकारी पनि दिएको छ। यस निर्णयले बजारमा थप स्थिरता ल्याउने र वित्तीय प्रणालीलाई सन्तुलनमा राख्ने लक्ष्य राखिएको छ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको