Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

अर्थ संसार

विहीबार, १० माघ २०८१, १२ : ०७ मा प्रकाशित

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

कुमारी बैंक र पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच छुट सम्झौता भएको छ।

कुमारी बैंक लिमिटेडका ग्राहकलाई म्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्स–रे/यु.एस.जी.मा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ।

साथै बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको