Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब - कुन बैंकको कति ?

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, १२ : १८ मा प्रकाशित

वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब - कुन बैंकको कति ?

वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ । 

गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको कर्जा लगानी ७.०६ प्रतिशत बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्याकं अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जा लगानी ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।  गत वर्षको सोहि अवधिमा बैंकहरुको कर्जा लगानी ४४ खर्ब ९८ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा ४ वटा बैंक एनआइसी एशिया , स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभू बैंक र हिमालयन बैंकको कर्जा लगानी घटेको छ ।तर, यी बाहेकका अन्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।

सबैभन्दा बढी लगानी कुन बैंकको ?

यसअवधिसम्ममा कर्जा विस्तार गर्ने बैंकमा ग्लोबल आइएमई र नबिल बैंक सबैभन्दा अगाडि देखिएका छन् ।

- ग्लोबल आइएमई बैंकको कर्जा लगानी -  ११.५५ प्रतिशतले बढेर ३ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ

- नबिल बैंकको कर्जा लगानी -  ९.१० प्रतिशतले बढेर ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ 

सर्वाधिक कर्जा विस्तार गर्ने बैंक 

चालु आवको पुष मसान्तसम्म कर्जा लगानी विस्तारमा एभरेष्ट बैंक र नेपाल बैंक आक्राम देखिएका छन् ।

- एभरेष्ट बैंकको कर्जा प्रवाह - २२.९२ प्रतिशत बढेर २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ 

-  नम्बरमा रहेको नेपाल बैंकको कर्जा प्रवाह - १७.१४ प्रतिशत बढेर २ खर्ब २२ अर्ब ८७ करोड 

अन्य कुन बैंकको कर्जा लगानी कति ?

यो अवधिमा कर्जा लगानी विस्तार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.५१ प्रतिशतले बढेर ३ खर्ब ५५ अर्ब, कुमारी बैंकको ४.०२ प्रतिशतले बढेर ३ खर्ब ५ अर्ब, आरबिबिको १०.७६ प्रतिशतले बढेर २ खर्ब ८४ अर्ब, लक्ष्मी सनराइज बैंकको ७.६९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब, एनएमबि बैंकको १३.३४ प्रतिशतले बढेर २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यता, सिद्धार्थ बैंकको ८.८७ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब, प्राइम बैंकको १५.६८ प्रतिशतले बढेर २ खर्ब ११ अर्ब, कृषि विकास बैंकको ७.२४ प्रतिशतले बढेर २ खर्ब ६ अर्ब, सानिमा बैंकको ११.१४ प्रतिशतले बढेर १ खर्ब ७४ अर्ब, सिटिजन्स बैंकको ९.३८ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब, नेपाल एसबिआई बैंकको ८.८८ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब र माछापुच्छ्रे बैंकको ५.०२ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको