नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ ।
इजरायल प्यालेस्टाइनबीच युद्ध बिराम भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको छ ।
सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरूलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे ।
राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस