Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

अर्थ संसार

आइतबार, २० साउन २०८१, १५ : ०० मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो ।

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मान गरेका थिए ।

अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । लायन्स इन्टरनेशनलद्धारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको