Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १७ : ५३ मा प्रकाशित

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ ।

सरकार सङ्गको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर मात्र सम्मृद्द नेपालको परिकल्पना साकार पार्न सकिने निस्कर्स निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ बर्षे कार्ययोजना तय गरेको छ ।

३ बर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने,साना तथा मध्यम ब्यवसायिहरुलाइ ब्यवसाय प्रबर्द्धन र ब्यवस्थापन सम्बन्धि तालिम दिने,प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने,परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायिहरुलाइ सहयोग गर्ने,निर्यातका लागि सम्भाबित थप बस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।

त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक बिकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने,साना तथा मझौला उद्यमको शशक्तिकरण गर्ने,साझेदारी र सहकार्य बिस्तार गर्ने,पर्यटन बिकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सहकार्य गर्ने,सीप बिकास तालिमहरु सन्चालन गर्ने कार्ययोजना बनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको