Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा सुरु भयाे आठौं चेम्बर एक्स्पो

अर्थ संसार

विहीबार, १७ माघ २०८१, १६ : ४४ मा प्रकाशित

भृकुटीमण्डपमा सुरु भयाे आठौं चेम्बर एक्स्पो

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको चेम्बर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एन्ड एआई प्रोजेक्टसहित आठौं  नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गतेसम्म चल्ने आयोजक चेम्बर जनाएको छ। एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीले सहभागिता जनाएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गरेको हो। मेला उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। 

उद्घाटनका क्रममा सफलताको शुभकामना दिँदै ओलीले अबको युग एआईको रहेको बताए ।

‘एआईले दिनप्रति दिन फड्को मारेको अवस्था छ, यसबाट लाभ कसरी लभ लिन सकिन्छ, त्यता हरेर लाग्नु पार्ये, देशबाट आईटी निर्यातको सम्भावना रहेकाले सरकार ध्यान यतातर्फ पनि छ,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको