प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् ।
बिहीबार राजधानीमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका हुन् ।
उनले भने, ‘निर्यातको आँकडा नक्कली आँकडा हो । नेपाल मै उत्पादन भएका बस्तु निर्यात हुन सकेको छैन । नेपालले उत्पादनमा जोड दिन सकेको छैन।’ ‘उत्पादनमा जोड दिनु पर्छ ठुलो मात्रामा उत्पादन गर्न सक्यो भने मात्र निर्यात गर्न सकिन्छ। उत्पादन भएका जुनसुकै कुरा पनि निर्यात हुन्छ । सोहि कारण उत्पादन मुख्य माध्यम हो।’ प्रधानमन्त्री ओलीले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस