नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली आफूसँग जेल बसेको साथी भन्दै देउवाले यसअघि जस्तो कतिखेर सरकार ढल्छ भन्ने चिन्ता/अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका छन् ।
पोखरामा ७७ जिल्लाका पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
‘ओली र म सँगै जेलमा बसेको साथी हौं । धेरै दुःख, कष्ट थियो । छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर उहाँलाई जेलभित्रको पनि जेलमा राखियो’, देउवाले भने, ‘कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दल हुन् । तर, पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।’
देउवाले कांग्रेस-एमाले मिल्दा धेरै वर्षसम्म राजनीतिक स्थिरता हुने बताए ।
‘अहिले मात्रै होइन । एमाले र कांग्रेसबीच सहमति भयो भने धेरै वर्षसम्म राजनीतिक स्थिरता स्थापित हुनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढुक्क भएर काम गर्ने आशयमा देउवाले भने, ‘सरकार कतिबेला ढल्ने हो । कति दिन चल्ने हो भन्ने पनि थाहा नहुने अस्थिरतामा हो । दुई वटा पार्टी मिलेर सरकार बनेकोले यसको स्थायित्व स्पष्ट छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस