Like us!
Follow us!
Connect us!
Watch us!

SEBI ले लगानीकर्ताका लागि अल्गोरिदमिक ट्रेडिङ सम्बन्धी नयाँ नियम

अर्थ संसार

बुधबार, २३ माघ २०८१, २२ : १८ मा प्रकाशित

SEBI ले लगानीकर्ताका लागि अल्गोरिदमिक ट्रेडिङ सम्बन्धी नयाँ नियम

भारतीय धितोपत्र तथा विनिमय बोर्ड (SEBI) ले मंगलबार लगानीकर्ताहरूलाई दलालमार्फत अल्गोरिदमिक (algo) ट्रेडिङमा सुरक्षित रूपमा सहभागी गराउने नियामक ढाँचा सार्वजनिक गरेको छ।

नयाँ नियमअनुसार अल्गो ट्रेडिङका लागि एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (API) को प्रयोग, स्टक दलालहरू र एक्सचेन्जहरूको जिम्मेवारी तोकिएको छ।

SEBI का अनुसार, दलाल (broker) प्रमुख हुनेछ भने कुनै पनि अल्गो प्रदायक वा फिनटेक/विक्रेता (vendor) एजेन्टको रूपमा रहनेछ, जब उनीहरूले दलालले उपलब्ध गराएको API प्रयोग गर्छन्।

के हो अल्गो ट्रेडिङ?

अल्गो ट्रेडिङ भनेको स्वचालित कार्यान्वयन तर्क (automated execution logic) को माध्यमबाट गरिने कारोबार हो। यसले योजनाबद्ध रूपमा आदेश (order) सम्पादन गर्न समयको लाभ प्रदान गर्छ। API भनेको विभिन्न सफ्टवेयर अनुप्रयोगहरूलाई एकअर्कासँग डाटा आदान–प्रदान गर्न अनुमति दिने नियम र प्रोटोकलहरूको सेट हो।

खुद्रा लगानीकर्ताहरूका लागि नयाँ व्यवस्था

SEBI ले प्रविधिमा दखल राख्ने लगानीकर्ताहरूले आफ्नै प्रोग्रामिङ ज्ञान प्रयोग गरी विकास गरेको अल्गो स्टक एक्सचेन्जमा दर्ता गराउनुपर्ने जनाएको छ, तर यदी आदेश (order) प्रतिसेकेन्ड तोकिएको सीमाभन्दा बढी भएमा मात्र।

दर्ता भइसकेपछि उक्त अल्गो लगानीकर्ताले आफ्नो परिवारका लागि प्रयोग गर्न पाउनेछन्, तर अन्य लगानीकर्तालाई उपलब्ध गराउन पाउने छैनन्।

SEBI ले तोकेको उक्त आदेश प्रतिसेकेन्डको सीमाना दलाल उद्योग मापदण्ड मञ्च (Broker’s Industry Standards Forum) ले स्टक एक्सचेन्जहरूको नेतृत्वमा तय गर्नेछ।

नयाँ नियमहरू

  • सबै अल्गो आदेशहरू (Algo Orders) एक्सचेन्जद्वारा प्रदान गरिएको अद्वितीय पहिचायक (Unique Identifier) बाट ट्याग गरिनेछ ताकि त्यसको लेखाजोखा गर्न सकियोस्।
  • कुनै पनि अल्गोको परिमार्जन वा परिवर्तन गर्न स्टक एक्सचेन्जको स्वीकृति आवश्यक हुनेछ।
  • अल्गोलाई दुई वर्गमा विभाजन गरिनेछ:
    1. सेतो बाकस (White Box) अल्गो: जहाँ तर्क (logic) खुला र पुनरुत्पादन योग्य हुन्छ।
    2. कालो बाकस (Black Box) अल्गो: जहाँ तर्क प्रयोगकर्तालाई थाहा हुँदैन र पुनरुत्पादन गर्न सकिँदैन।

नयाँ नियम कहिलेदेखि लागू हुन्छ?

SEBI ले नयाँ नियामक ढाँचालाई सन् २०२५ अप्रिल १ देखि कार्यान्वयन गर्ने र सन् २०२५ अगस्ट १ बाट पूर्ण रूपमा लागू गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको