Like us!
Follow us!
Connect us!
Watch us!

बिजनेस टेलिभिजनमा स्टक सल्लाह दिने विश्लेषकलाई छानबिन र कारबाही गर्दै सेबी

धिरज पौड्याल

सोमबार, ०९ माघ २०७९, १५ : ५७ मा प्रकाशित

बिजनेस टेलिभिजनमा स्टक सल्लाह दिने विश्लेषकलाई छानबिन र कारबाही गर्दै सेबी

भारतीय सेयरबजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले फ्रन्ट रनिङ केसमा स्वार्थ पूर्तिका लागि विश्लेषण गर्ने विश्लेषकहरुमाथि कारबाही अगाडि बढाएको छ। सेबीले सर्च एण्ड सिजर अपरेसन सञ्चालन गरिरहेको छ।
 
सेयरबजार नियामक सेबिले बिहीबार सर्च एण्ड सिजर अपरेसन सञ्चालन गरी फ्रन्ट रनिङ केसमा सक्रिय व्यक्ति र उनीहरूसँग जोडिएका टेलीभिजनमा देखिने बजारका विज्ञमाथि छानबिन गरिरहेको छ। 

फ्रन्ट रनिङ यदि कुनै कम्पनीको शेयर भविष्यमा कुनै ठूलो कित्ता कारोबार हुँदैछ भन्ने आन्तरिक सूचनाको आधारमा गरिने कारोबार हो। जसलाई गैरकानुनी मानिन्छ।  

सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले भारतका विभिन्न फरक फरक स्थानमा यो अपरेसन सञ्चालन गरिरहेको छ। भारतीय सञ्चार माध्यमका अनुशार जयपुर, कलकत्ता, नोयडा र पुनेमा सेबिले सर्च एण्ड सिजर अपरेसन सञ्चालन गरिरहेको छ यद्यपि नियामकले अनुसन्धान प्रक्रिया जारी रहेको कारण कुनै पहिचान नखुलाएको समाचारमा उल्लेख छ। 

सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले सर्भिलेन्स इनपुट र आन्तरिक अलर्ट सिस्टमले बजार केही विज्ञहरुसँग सम्बन्धित व्यक्तिहरूले फ्रन्ट- रनिङ गरेको आशंकाको आधारमा छानबिन अभियान सञ्चालन गरेको हो। बिजनेस टेलिभिजनमा विज्ञहरुले स्टकमा आफूले पोजिजसन लिएर स्टक सिफारिश गर्ने गरेको र ती सिफारिशको आधारमा स्टकमा लगानीकर्ता जोडिए सँगै बाहिरिने गरेको सेबिको भनाई छ।

सञ्चार माध्यमका अनुसार संस्थाहरूनै आबद्ध भई टेलिभिजनमा देखिने विज्ञहरुसँगको मिलेमतोमा उनीहरूले सेयर सिफारिश गर्नु अघि स्टकमा पोजिसन लिने गरेको उल्लेख गरेका छन। 

यसरी हुने फ्रन्ट रनिङ क्रियाकलाप गर्न नपाइने सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डियाको नियमावली Prohibition of Fraudulent and Unfair Trade Practices relating to Securities Market) Regulations, 2003 मा उल्लेख गरिएको छ। 

सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले शंकास्पद व्यक्तिको मोबाइल फोन, ल्यापटप, डेस्कटप हार्ड ड्राइव नियन्त्रणमा लिई छानबिन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सेबीले प्राप्त डेटा, ईमेल लगायतका अन्य जानकारीको विस्तृत अध्यनको गरी गल्ती पाइएमा कारबाही गर्नेछ। गत वर्ष सेबिले AXIS म्यूचुअल फण्डका फण्ड म्यानेजरलाई कारबाही गरेको थियो भने यस्तो क्रियाकलापहरुमा संलग्नलाई विभिन्न समयमा कारबाही गर्दै आइरहेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको