Like us!
Follow us!
Connect us!
Watch us!

सेबीले गर्यो अनिल अम्बानीलाई कारबाही :२४ करोड जरिवाना,५ वर्ष कारोबार गर्न रोक

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, ०८ : ३३ मा प्रकाशित

सेबीले गर्यो अनिल अम्बानीलाई कारबाही :२४ करोड जरिवाना,५ वर्ष कारोबार गर्न रोक

छिमेकी देश भारतको सेयरबजार नियामक सेबीले उद्योगपति अनिल अम्बानी, रिलायन्स होम फाइनान्सका पूर्व प्रमुख अधिकारीहरू सहित २४ अन्य संस्थाहरूलाई कम्पनीको रकम डाइभर्सनमा पाँच वर्षको लागि धितो बजारबाट कारोबार गर्न प्रतिबन्ध लगाएको छ।

सेबीले अनिल अम्बानीलाई २४ करोड जरिवाना लगाएको छ र उनलाई कुनै पनि सूचीबद्ध कम्पनीमा संचालक वा कर्मचारीको रुपमा वा धितोपत्र बजारमा आबद्ध हुनबाट ५ वर्ष लाई रोके लगाएको छ। 

साथै, नियामकले रिलायन्स होम फाइनान्सलाई छ महिनाको लागि सेयर कारोबारबाट प्रतिबन्ध लगाएको छ र ६ लाख जरिवाना गरेको छ। 


आफ्नो २२२ पृष्ठको अन्तिम आदेशमा, सेबीले अनिल अम्बानीले कर्मचारीहरूको सहयोगमा कम्पनीको कोषहरूबाट   योजना बनाएरउनीसँग जोडिएका संस्थाहरूलाई ऋणको रूपमा लुकाएर प्रयोग गरेका थिए। 

आरएचएफएलको सञ्चालक समितिले यस्ता कर्जा बन्द गर्न कडा निर्देशन दिएता पनि कम्पनीको व्यवस्थापनले यी आदेशलाई बेवास्ता गरेको थियो। 

सेबीको रिपोर्ट अनुसार अम्बानीले एडीए समूहका अध्यक्ष'का रूपमा आफ्नो पद र आरएचएफएलको होल्डिङ कम्पनीमा आफ्नो महत्त्वपूर्ण अप्रत्यक्ष सेयर होल्डिङलाई ठगी गर्न प्रयोग गरेका छन्।कम सम्पत्ति, नगद प्रवाह, नेटवर्थ वा राजस्व नभएका कम्पनीहरूलाई करोडौं रुपैयाँको ऋण स्वीकृत गर्दा कम्पनीको व्यवस्थापन र प्रवर्द्धकको लापरवाही गरेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको