Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाल विधेयकमा थुप्रै समस्या छन्, हुबहु पारित हुँदैन : महामन्त्री थापा

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १३ : १५ मा प्रकाशित

सामाजिक सञ्जाल विधेयकमा थुप्रै समस्या छन्, हुबहु पारित हुँदैन : महामन्त्री थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक जस्ताको त्यस्तै पारित हुन नसक्ने बताएका छन् ।

सोमबार चितवनमा महामन्त्री थापाले सामाजिक सञ्जाल विधेयकका प्रावधानहरूमा समस्या रहेकाले जस्ताको त्यस्तै पारित हुन नसक्ने बताएका हुन् । 

उक्त विधेयक भित्रका प्रावधानहरूमा रहेका समस्या र त्रुटिहरू संशोधन गरिनुपर्ने उनको भनाई छ ।

‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्’ उनले भने– ‘विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको