वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। बुधबार प्रकाशित सूचना अनुसार अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो । २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो।
हेर्नुहोस् फागुनका लागि बैंकको ब्याजदर
ग्लोबल आईएमई बैंक - ग्लोबल आईएमई बैंकले फागुन महिनामा महिनामा बैंकले साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।
एनआईसी एसिया बैंक-एनआईसी एसिया बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज तोकेको छ ।
कुमारी बैंक-कुमारी बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नबिल बैंक-नबिल बैंकले फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । योबाहेक अन्य सबै प्रकारका ब्याजदर समेत यथावत रहेका छन् ।
प्रभु बैंक-प्रभु बैंकले आगामी महिना बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ । बैंकले गत महिना पनि ब्याजदर यथावत राखेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक-राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको छ ।
सानिमा बैंक-सानिमा बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।
लक्ष्मी सनराइज बैंक-लक्ष्मी सनराइज बैंकले यसपटक व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज तोकेको छ । बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर भने ०.२५ प्रतिशत घटाएको छ ।
माछापुच्छ्रे बैंक-माछापुच्छ्रे बैंकले फागुनमा साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।
नेपाल बैंक-नेपाल बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक-नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिने जनाएको छ । यो अघिल्लो महिनाकै निरन्तरता हो ।
नेपाल एसबीआई बैंक-नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ ।
एनएमबि बैंक-एनएमबि बैंकले फागुन महिनामा बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।
प्राइम कमर्सियल बैंक-प्राइम कमर्शियल बैंकले फागुन महिनाका लागि पनि ब्याजदर यथावत राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ । बैंकले गत महिना पनि ब्याजदर घटबढ गरेको थिएन ।
कृषि विकास बैंक-कृषि विकास बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ ।
सिटिजन्स बैंक-सिटिजन्स बैंकले आगामी महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर तोकेको छ ।
एभरेस्ट बैंक-एभरेस्ट बैंकले फागुन महिनाका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ ।
हिमालयन बैंक-फागुन महिनाका लागि हिमालयन बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिद्धार्थ बैंक-सिद्धार्थ बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक-स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस