यो वर्ष सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गर्दा ११ बैंकले लाभांश घोषणा गरेका छन् । ९ वटा बैंकले यसपटक लगाानीकर्तालाई निराश बनाएका छन् ।
यसरी लगाानीकर्तालाई निराश बनाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।
यो वर्ष दोहोरो अंकमा लाभांश दिने बैंक
लाभांश घोषणा गरेका ११ बैंकमध्ये यो वर्ष ५ बैंकले दोहोरो अंकमा लाभांश दिन सफल भएका छन् ।
- स्ट्यान्डर्ड चार्टर्ड बैंक २५.५० प्रतिशत
- एभरेष्ट बैंक १५.५३ प्रतिशत
- नेपाल एसबीआई बैंक १०.६५ प्रतिशत
- कृषि विकास बैंक १०.५३ प्रतिशत
- नबिल बैंक १० प्रतिशत
अन्य कुन बैंकले कति दिए लाभांश ?
ग्लोबल आईएमईले ५.५० प्रतिशत, सानिमा र लक्षी सनराइज बैंकले समान ५.२६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत र सिद्धार्थ बैंकले ४ प्रतिशत लाभांश वितरण गरेका हुन् ।
१९ बैंकले बोलाए साधारणसभा
२० वटा वाणिज्य बैंकमध्ये १९ वटा बैंकले यो वर्षको साधारणसभा बोलाइसकेका छन् । नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा आह्वान गरेका हुन् । जसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी छ । यसरी साधारणसभा हुन बाँकी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १५ गते र एनआईशी एशियाले फागुन २२ गते साधारणसभा बोलाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस