प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा देखिएको चुनौतीहरुको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रमा सुस्तता एकै दिनमा नआएकोले एकै दिनमा यसको समाधान नहुने पनि बताए ।
उनले भने,‘असारमा धान नरोपेपछि नै हो मंसीरमा धान नफल्ने । अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन । तर, अहिले हामी कानुनमा भएका अप्ठ्याराहरुलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका छौं,हाम्रो देशको सार्वभौम साख मूल्यांकन आएको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने नीति ल्याएसँगै बैंकहरुको ब्याजदर एकल अंकमा झरिसकेको छ । अब उद्योग, व्यापार र स्टार्टअपहरुका लागि राम्रो अवसर छ ।’ अहिलेको सरकार लगानी बढाउनमा नै केन्द्रित भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस