ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे ।
उनले भने,‘उहाँले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न,भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ। भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ।’
उनले घिसिङ अराजक गतिविधि गरिरहेको र सधैँ हेरेर नबस्ने पनि बताए। उनले थपे, 'सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न। भाषण गर्दै हिड्नुहुन्छ कर्मचारी। यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्दैन। लगाम त लगाउनुपर्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस