Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था ?

अर्थ संसार

मंगलबार, १३ फागुन २०८१, २१ : ०६ मा प्रकाशित

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक,  के–के छन् नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले आज साँझ मौद्रिक समीक्षा सार्वजनिक गरेको हो। त्यसअघि राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक समीक्षा पारित गरेको थियो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागबाट तयार पारिएको समीक्षा व्यवस्थापन समितिमा छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। 

मौद्रिक नीतिको दोस्रो त्रैमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय गतिविधि तथा चालु आर्थिक वर्षको बाँकी अवधिको समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरिएको छ ।मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औँल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नु पर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत् राखिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको