नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन् ।
संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको 'संङ्घीय संरचनामा लगानी प्रवर्द्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा' विषयका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरुपको समग्र वातावरण नहुँदा राज्यले प्रतिफल पाउन नसकेको बताए ।
उनले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने धारणा राखे ।
उनले भने,'सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौं । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनु पर्दछ। '
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस