Like us!
Follow us!
Connect us!
Watch us!

१० बीमा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

अर्थ संसार

बुधबार, १४ फागुन २०८१, ११ : ५६ मा प्रकाशित

१० बीमा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म १० वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्।  जसमा ५ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनी छन्।

लाभांश घोषणा गरेका बीमा कम्पनीमध्ये ३ कम्पनीको साधारणसभा भइसकेको छ भने बाँकीमध्ये केहीले साधारणसभा बोलाएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजीको करसहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसका लागी कम्पनीले फागुन २५ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने भएकाले हिजो फागुन १३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउनेछन्। 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट आफ्ना  सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले १० प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ।

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्। लाभांश पारित गर्न कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा हिजो फागुन १३ गते गरिसकेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (करसमेत) लाभांश दिने निर्णय गरेको छ।  कम्पनीले यही फागुन २७ गते  वार्षिक साधारणसभा  बोलाएको छ ।  कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने भएकाले आज  हिजो फागुन १३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापुँजीको करसहित ९.७३६८ प्रतिशत नगद लाभांश  दिने निर्णय गरेको छ।  कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ।  फागुन ११ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले लाभांश पारित गर्न फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा बोलाइसकेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बकुक्लोज गरिसकेको छ। यसअनुसार फागुन १ गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छन्। कम्पनीले साधारणसभाको मिति भने तय गरेको छैन।

सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। कम्पनीले साधारणसभाको मिति भने तय गरेको छैन।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। साधारणसभाको मिति तय भएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको