Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि एमबीएल इक्विटी फन्डको इकाइ बिक्री खुला, न्यूनतम १०० इकाइबाट आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, ०७ : ३७ मा प्रकाशित

आजदेखि एमबीएल इक्विटी फन्डको इकाइ बिक्री खुला, न्यूनतम १०० इकाइबाट आवेदन दिन सकिने

एनबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित एमबीएल इक्विटी फन्ड का इकाइहरूमा आज फागुन २२ गते बाट आवेदन दिन सकिने भएको छ। यो योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

कति इकाइ बिक्री हुँदैछ?

  • कुल बिक्री इकाइ: १२ करोड इकाइ (१ अर्ब २० करोड रुपैयाँ बराबर)
  • कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई: १ करोड ६८ लाख इकाइ (१४%)
  • योजना व्यवस्थापकलाई: १२ लाख इकाइ (१%)
  • सर्वसाधारणलाई: १० करोड २० लाख इकाइ

आईपीओ आवेदन कसरी दिने?

  • न्यूनतम १०० इकाइ आवेदन दिन सकिन्छ।
  • अधिकतम १ करोड २० लाख इकाइ आवेदन गर्न सकिने।
  • नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ।
  • मेरो सेयरको सी-आस्बा प्रणाली मार्फत पनि अनलाइन आवेदन दिन सकिन्छ।

आवेदन अवधि

  • छिटोमा फागुन २६ गते आवेदन बन्द हुन सक्छ।
  • यदि सबै इकाइ बिक्री नभएमा ढिलोमा चैत ७ गते सम्म खुला रहनेछ।

बिक्री प्रबन्धक

  • आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धकको रूपमा रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको